चुनावको वातावरण बनाउन त्रिपक्षीय छलफल गराउँदै सरकार, दलहरू र जेनजी सहभागी हुने

काठमाण्डु – आगामी निर्वाचनको वातावरण निर्माणका लागि सरकारले सरकार, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय छलफल आयोजना गर्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा ३ पक्षबीच प्रत्यक्ष संवाद हुने भएको हो । सरकारले छलफललाई फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन…