काठमाण्डु-उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज सुनुवाइ हुँदैछ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएको भन्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । रिट यसअघि पेशी पर्दै सरेको थियो । आज दुई न्यायाधीशको इजलासले यो विवादमा सुनुवाइ गर्ने छ । महान्यायाधीवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई क्लिनचिट दिँदै…