पोखरा – माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेशसभा सदस्य तथा नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटाले बिहीबार सर्वोच्च अदालतमा रिट दिएका छन् । माओवादीले ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेपछि उनको सांसद पद गएको छ । २८ जेठको माओवादी संसदीय दलको निर्णयविरुद्ध देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको…