काठमाण्डु - नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुले समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न अपिल गरेका छन्। छठ पर्वको अवसरमा सोमबार शुभकामना दिँदै उनले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्दै अघि बढ्नुपर्ने बताएका हुन्। ‘आजको चुनौतीपूर्ण राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा छठले दिने आत्मबल, धैर्य र आशावादको सन्देश…