काठमाण्डु – कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पशुपति सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभको पनि सञ्चालक रहेका लामालाई पक्राउ गरेको हो ।
लामा सहितको समूहले कान्तिपुर पशुपति सेभिङ्गको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ ।
कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ललाई २०८० फागुनमा प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर मुद्दा चलाएको थियो ।
कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समितिका सञ्चालकहरु विरुद्ध अहिलेसम्म ३५० भन्दा धेरै बचतकर्ताले जाहेरी दिएका छन् ।




प्रतिक्रिया