सीसीएमसी खारेज, महेश्वर न्यौपानेको नेतृत्वमा सीसीएमसीसी गठन

सीसीएमसी खारेज, महेश्वर न्यौपानेको नेतृत्वमा सीसीएमसीसी गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले कोभिड–१९ संकट व्यवस्थापन समन्वय कमिटी (सीसीएमसीसी) गठन गरेको छ । सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको नेतृत्वमा कमिटी गठन गरेको हो ।

सीसीएमसी खारेजीसँगै प्रमुख कार्यकारी अधिकृत पूर्वरथी बालानन्द शर्मा पदमुक्त भएका छन् भने सीसीएमसीसीको संयोजकमा सचिव महेश्वर न्यौपाने नियुक्त भएका छन् ।

यसअघि सीसीएमसीमा सुरक्षा निकायबाट विशिष्ट श्रेणीका अधिकृत खटिँदै आएकोमा हाल प्रथम श्रेणीका अधिकारीलाई खटाइएको हो ।कोरोनाभाइरस संक्रमण न्यून हुँदै गएकाले सीसीएमसी खारेज गरेर नयाँ संरचना बनाइएको स्रोतले जनाएको छ ।

गत ३१ भदौमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश निष्क्रिय भएको थियो । व्यवस्थापिकाको पहिलो बैठक बसेको ६० दिनभित्र अध्यादेश संसद्ले स्वीकृत नगरेमा स्वतः निष्क्रिय हुने प्रावधान छ ।

त्यसअघि संक्रामक रोग ऐन, २०२० अनुसार प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा सीसीएमसी गठन भएको थियो । जुन प्रभावकारी नभएको भन्दै अध्यादेश ल्याएर बाहिरबाट सिइओ नियुक्ति गरी यससम्बन्धी संरचना हेरफेर गरिएको थियो ।