काठमाण्डु – दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइने भएको छ । नेपालमा पनि नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरस आउनसक्ने भएकाले आवश्यक सर्तकता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।
नयाँ भेरियन्टको रोकथाम तथा पूर्वतयारी बारे सरकारले आज छलफल गर्दैछ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति सीसीएमसीसीको बैठक बसेर आवश्यक निर्णय लिने बताईएको छ । सीसीएमसीको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
सिंहदरबारमा बस्ने सीसीएमसीको बैठकले नयाँ भेरियन्टको रोकथाम तथा पूर्वतयारीका लागि सरकारले सीमा नाकामा कडाइ तथा सुरक्षित हवाई उडानबारे आवश्यक निर्णय लिने छ ।
पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न सबैसँग आग्रह गरेको छ ।




प्रतिक्रिया