काठमाण्डु – कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भोलिदेखि सञ्चालन हुने परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।
आइतबार साँझ सिँहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोना भाइरसको संक्रमणदर उच्च भएको भन्दै सबै परीक्षा स्थगित गर्न सरकारलाई सिफारिस गरेको हो ।
उपप्रधानमन्त्री ईश्वार पोखरेलको अध्यक्षतामा बसेको बैठकले विद्यालयदेखि विश्वविद्यालयसम्मले सञ्चालन गर्ने सबै परीक्षा स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
साथै बैठकले हवाई यात्रुहरुमा पनि कडाई गर्न सरकारलाई सिफारिस गरेको छ । हवाईजहाजबाट नेपाल आउनेहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्न बैठकले सिफारिस गरेको हो ।
सीसीएमसीले स्थानीय तहलाई लडडाउन गर्न आग्रह गर्ने निर्णय गरेको छ । बैठकले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।
सीसीएमसीको निर्णय मन्त्रिपरिषद् बैठकले पारित गरेपछि कार्यान्वयनमा आउने छ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्नेछ ।




प्रतिक्रिया