सिडेन निर्वाचनमा केसी एकाएक उमेश थानी प्यानलमा आएपछि…

सिडेन निर्वाचनमा केसी एकाएक उमेश थानी प्यानलमा आएपछि…


काठमाण्डु – सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को छैटौं निर्वाचनमा ध्रुव थापा पक्षका कौशल केसीसहित अन्य तीन उमेश थानीको प्यानलमा आएका छन् । कोषाध्यक्षमा उठेका केसी अन्तिम नामावली प्रकाशन गर्नुअघि थानीको प्यानलमा आएका हुन् ।

बलियो उम्मेदवार केसीसहित अन्य तीन सदस्य थानीको प्यानलमा आएपछि सिडेनको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको छ । युवा टोलीलाई एकीकृत गर्न सफल भएपछि थानीले चुनाव जित्ने बलियो आधारसमेत तयार भएको छ ।

थानी भन्छन्, ‘हाम्रो प्यानल यतिबेला बलियो भएको छ । सिडेनमा युवाहरुको बाहुल्यता हुनु र हाम्रा उम्मेदवारहरु पनि सबै युवा हुनु चुनाव जित्ने बलियो आधार बनेको छ ।’

पुस ४ गते हुने निर्वाचनमा उमेश थानी अध्यक्ष उठेको प्यानलबाट सुर्य बहादुर पाण्डे उपाध्यक्ष, प्रेम चन्द्र राय महासचिव, बिरेन्द्र खड्का उपमहासचिव र कौशल केसी कोषाध्यक्षमा उठेका छन् ।

त्यस्तै, ध्रुव थापाको प्यानलबाट मन्दीप सुबेदी उपाध्यक्ष, रोशनराज गिरी महासचिव, सुमन पुडासैनी उपमहासचिव र श्याम दाहाल कोषाध्यक्षमा उठेका छन् ।