तीन सीडीओको सरुवा,को कहाँ ?

तीन सीडीओको सरुवा,को कहाँ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी सीडीओको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै दुई सहसचिवलाई सीडीओको जिम्मेवारी दिएका हुन् ।

मन्त्री लेखकले नवलपरासी पश्चिमकी सीडीओ स्किम श्रेष्ठलाई मकवानपुरको सीडीओमा सरुवा गरेका छन् भने रौतहटका सीडीओ हिरालाल रेग्मी नवलपरासी पश्चिममा सरुवा गरेका छन्।

मकवानपुरका सीडीओको अर्थ मन्त्रालयमा सरुवा भएपछि खाली थियो । रौतहटमा भने कसैको निर्णय नभएको बताइएको छ ।
त्यस्तै तेह्रथुमको सीडीओमा मन्त्रालयमा कार्यरत प्रकाश अधिकारीलाई पठाउने निर्णय भएको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले जनाएको छ । तेह्रथुममा उपसचिव सीडीओ हुन्छन् ।