काठमाण्डु – स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सरकारले कर्मचारीको सरुवा वढुवालाई तीव्रता दिएको छ ।
निर्वाचन आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा गर्न नपाइने कानुनी व्यवस्था अनुसार गृह मन्त्रालयले त्यअघि नै कर्मचारीको सरुवा बढुवालाई तीव्रता दिएको हो ।
गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ । बर्दिया, प्यूठान, अर्घाखाँची र कपिलवस्तुका सीडीओ सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
बर्दियामा बन्धुप्रसाद बास्तोला, प्यूठानमा सुनिता नेपाल, अर्घाखाँचीमा शशिधर घिमिरे र कपिलवस्तुमा धर्मेन्द्र कुमार मिश्रलाई सीडीओ बनाएर पठाइएको छ ।
यसअघि बर्दियामा सीडीओ रहेका सन्तबहादुर सुनारलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा तानिएको छ भने कपिलवस्तुका चक्रपाणि पाण्डे र प्यूठानका खिमराज भुसाललाई गृह मन्त्रालयमा तानिएको छ।
त्यस्तै अर्घाखाँचीका सीडीओ हरिप्रसाद घिमिरेलाई राष्ट्रिय विपद प्राधिकरणमा तानिएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।




प्रतिक्रिया