१२ जिल्लाका सीडीओको सरुवा, को-कहाँ पुगे ?

१२ जिल्लाका सीडीओको सरुवा, को-कहाँ पुगे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृह मन्त्रालयले १२ जिल्लाका सीडीओको सरुवा गरेको छ ।

शुक्रबार एक सूचना निकाल्दै मन्त्रालयले १२ जिल्लाका सीडीओ र कारागार व्यवस्थापन विभागको महानिर्देशक हेरफेर गरेको जानकारी दिएको हो ।

कारागार व्यवस्थापन विभागमा शशीधर घिमिरेलाई पठाइएको छ । यसअघि उनी नुवाकोटमा प्रमुख जिल्ला अधिकारी थिए।

यस्तै प्रजिअ भोजपुरमा राजन पौडेल, पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्तिराज प्रसाईं, लमजुङमा उमेश ढुंगाना र दोलखामा रामकृष्ण अधिकारीलाई खटाउने निर्णय भएको छ।

यस्तै सिन्धुपाल्चोकमा शिवलाल तिवारी, इलाममा लक्ष्मण ढकाल, कञ्चनपुरमा मदन कोइराला, नवलपरासी पश्चिममा दिपकराज नेपाल र सल्यानमा महेन्द्र कुमार सापकोटालाई खटाइएको छ।