यस्तो छ सिडियोसहित दुवै सुरक्षा निकायका प्रमुख तानिनुको कारण


बुटवल – गृहमन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित दुवै सुरक्षा निकायका प्रमुखको सरुवा गरेको छ । सरुवा हुनेमा प्रमुख अधिकारी पिताम्वर अधिकारी,नेपाल प्रहरीमा प्रमुख एसपी प्रविण पोखरेल र सशस्त्र प्रहरीका प्रमुख एसपी भरत खनिया रहेका छन् । गत फागुन २१ गते बुटवलको रानीगन्जमा मोतिपूर औद्योगिक क्षेत्रको शिलान्यास जांदा अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टमाथी स्थानियले ढुंगामुडा गरेका थिए । त्यतिमात्र होईन त्यहां दोहोरो झड्प समेत भएको थियो ।

प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुले सुरक्षा व्यवस्था मिलाउन नसकेको आरोप उनिहरुमाथी लागेको थियो । त्यही घटनालाई लिएर उनिहरुको सरुवा भएको स्रोतको दावी छ । तर सरुवा गर्नुको कारणबारे भने जानकारी दिइएको छैन । सिडियो अधिकारीको ६ महिनामा नै सरुवा भएको छ । उनलाई पर्सा पठाइएको छ भने आशबहादुर तामांगले नयां सिडियोको जिम्मेवारी पाएका छन् ।

नेपाल प्रहरीका प्रमुख पोखरेल र सशस्त्रका एसपी खनियाको पनि ६ महिना नपुग्दै सरुवा भएको छ । नेपाल प्रहरीले रुपन्देहीमा एसपी मनोज केसी र सशस्त्र प्रहरीले राजु सुवेदीलाई जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement