प्रमुख जिल्ला अधिकारी भन्छन् -बझाङ जिल्लाई समृद्ध बनाउन सबैको सहकार्य आवश्यक

प्रमुख जिल्ला अधिकारी भन्छन् -बझाङ जिल्लाई समृद्ध बनाउन सबैको सहकार्य आवश्यक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ – बाँके जिल्लाबाट सरुवा भएर बझाङ आएका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बझाङ जिल्लालाई समृद्ध बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय बझाङले आयोजना गरेको पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा उनले बझाङको विकास गर्न सबैले आ– आफ्नो ठाउँबाट सकारात्मक भुमिका खेल्नुपर्ने बताएका हुन् ।

जिल्ला प्रशासन कार्यालय बझाङको प्रमुख जिल्ला अधिकारीको पदभार सम्माले लगत्तै उनले जिल्लाका पत्रकार ,राजनितिक दलका नेता, नागरिक समाजका अगुवा र समाजसेवीहरुसँग छलफल गरी जिल्लाको सम्पूर्ण विषयमा जानकारी लिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी सुनारलाई पनि बझाङका राजनितिक दलका नेता , पत्रकार, समाजसेवी सबैले स्वागत गर्दै जिल्लाको समग्र क्षेत्रलाई मनन् गरी काम गर्न आग्रह समेत गरेका छन् ।