पाँच जना सिडिओको सरुवा, को कहाँ पुगे ? (नामसहित)

पाँच जना सिडिओको सरुवा, को कहाँ पुगे ? (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृह मन्त्रालयले पाँच जना प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिस्तरीय बैठकले सिडिओहरुको सरुवा गरेको हो ।

मन्त्रालयका अनुशार जिल्ला प्रशासन कार्यालय, बर्दियाका सिडियो राम बहादुर कुरुम्वाङलाई स्याङजामा सरुवा गरेको छ भने स्याङजाका कोशहरि निरौलालाई गुल्मी सरुवा गरेको छ । कुरुम्वाङको ठाउँमा इलाका प्रशासन कार्यालय चन्द्रौटा, कपिलवस्तुका उपसचिव प्रेमलाल लामिछानेलाई पठाएको छ ।

त्यसैगरी गुल्मीका सिडिओ यदुनाथ पौडेललाई दार्चुला सरुवा गरेको छ भने दार्चुलाका सिडिओ शंकर बहादुर विष्टलाई इलाका प्रशासन कार्यालय चन्द्रौटा, कपिलवस्तु पठाएको छ ।