काठमाण्डु – गृह मन्त्रालयले विभिन्न ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ ।
आईतबार गृहमन्त्री रमेश लेखकले कास्की, बर्दिया, धनुषा र पाँचथरका सीडीओको सरुवा गरेका हुन् ।
मन्त्रालयले कास्कीका सीडीओ भरतमणि पाण्डेलाई फिर्ता गर्दै बर्दियाकी सीडीओ रुद्रादेवी शर्मालाई कास्की पठाएको छ ।
कार्यरत सीडीओहरूलाई सरुवा गरेर गृह मन्त्रालयमा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दिया, शंकरहरि शर्मालाई धनुषा र अरुण पोखरेललाई पाँचथरको सीडीओ बनाइएको छ ।




प्रतिक्रिया