सेलपे सेवाको दास्रो एक्टिभेसन सरु

सेलपे सेवाको दास्रो एक्टिभेसन सरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ ।

उक्त एक्टिभेसन कार्यक्रम नक्साल भाटभटेनीमा कात्तिक २९ र ३० गते, महाराजगन्ज भाटभटेनीमा मंसिर ६ र ७ गते र पाटन भाट भटेनीमा मंसिर १३ र १४ गते हुने कम्पनीले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

एक्टिभेसनको मूल उद्देश्य ग्राहकसँग अन्तक्र्रिया बढाउन र सेलपे एपको बारे यसको प्रयोग र फाइदाको विस्तारमा जानकारी उपलब्ध गराउने रहेको कम्पनीले जनाएको छ ।

एक्टिभेसनको समयमा सेलपेले स्पोर्ट केवाइसी प्रमाणीकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भएपछि एक सय रुपैयाँको फ्री टपअप प्रदान गर्ने जनाएको छ ।