दाङमा सिमेन्ट उद्योगको निर्माणाधीन प्लान्ट भत्किदा ३ जनाको मृत्यु, ३ घाईते 


दाङ– दाङमा रहेको सम्राट सिमेन्ट उद्योगको निर्माणाधीन नयां प्लान्ट भत्किदा ३ जनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ स्थित सम्राट सिमेन्ट उद्योगको नयां प्लान्ट निर्माणको क्रममा ६ तलामाथिको सटरिङ भत्किदा ३ जना मजदुरको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहकाअनुसार मृत्यु हुनेमा भारत झारखण्डका ४५ वर्षीय मंगल कस्यव, २२ बर्षीय दयाल हरेन र ४६ वर्षीय साहेव रहेका छन् । 

घटनामा परी अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडो घाइते भएका छन् । अजय हेरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल लगिएको प्रहरी प्रमुख सिंहले जानकारी दिए । 

घाइतेहरुको फलोरेन्स अस्पताल लमहीमा प्रारम्भिक उपचार गरिएको थियो । घटना रातिको समय भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement