केन्द्रीय कारागारमा चार जना कैदीको मृत्यु, एक जनामा कोरोना पुष्टि

केन्द्रीय कारागारमा चार जना कैदीको मृत्यु, एक जनामा कोरोना पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – केन्द्रीय कारागार सुन्धारामा चार जना कैदीको मृत्यु भएको छ । सोमबार राती एक जना र मंगलबार बिहान तीन जना कैदीको मृत्यु भएको हो । मृतकमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कंचनपुर भीमदत्त नगरपालिका–६ का ४२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि मेगा अस्पताल भर्ना गरिएको थियो । मृतक पुरुषमा १४ गते कोरोना पुष्टि भएको थियो ।

कारागार प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले अन्य तीन जनाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । मृतकहरुक्रमशः ५८, ६० र ६४ वर्षीय पुरुष रहेका छन् ।

अहिलेसम्म केन्द्रीय कारागारमा रहेका ५२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।