पूर्वराजा वीरेन्द्रका छोरी ज्वांइ बने स्टयान्डर्ड चार्टर्ड बैंकको सीइओ

पूर्वराजा वीरेन्द्रका छोरी ज्वांइ बने स्टयान्डर्ड चार्टर्ड बैंकको सीइओ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्टयान्डर्ड चार्टर्ड बैंकको सीईयोमा पहिलो पटक नेपाली नागरिक नियुक्त भएका छन् । बैंकको कार्यकारी अधिकृत (सीइओ) मा गोरख शमशेर राणा नियुक्त भएका हुन् । बैंकका सीईयो अरिनब घोष दस्तिदरको कार्यकाल सकिएपछि डेप्युटी सीइओका रुपमा कार्यरत राणालाई व्यवस्थापनले उक्त जिम्मेवारी दिएको हो ।

पूर्वराजा वीरेन्द्रका छोरी ज्वांई राणाले अमेरिकाबाट एमबिए गरेका छन् । राणा १९९४ देखि नै स्टयान्डर्ड चार्टर्ड बैंकसंग आवद्ध छन् ।

स्टयान्डर्ड चार्टर्ड बैंकको सेयर मुल्य अहिले सबैभन्दा बढी ६४४ रुपैयां छ । बैंकमा यसअघि विदेशी नागरिक मात्र सीइओ हुने गरेकोमा यसपटक पहिलो पटक नेपालीले नेतृत्व पाएका हुन् ।