शिवम् सिमेन्टका उपभोक्तालाई चाँदीको उपहार योजना

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदीको उपहार योजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– शिवम् सिमेन्ट्सले ग्राहकलाई दीपावलीको शुभकामना व्यक्त गर्दै ‘यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा ’ नामक बिक्री योजना बजारमा ल्याएको छ ।

यस योजनाअन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने नयाँ उपभोक्तामुखी स्किम शुरु गरेको छ । यो योजना सीमित अवधिको लागि देशभर लागू गरिएको छ ।

सिमेन्ट जगतमा विगत लामो समयदेखि गुणस्तरीय असली ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । सिमेन्टले ‘गुणस्तरको पहिचान हो शिवम्,’ ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौं’, शुभारम्भ शिवम्संग, ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ योजना रहेको छ ।