काठमाण्डु – इलेक्ट्रोनिक्स जगतमा नेपालकै सबैभन्दा ठूलो ब्राण्ड सिजीले गर्मीयामलाई मध्यनजर गर्दै विभिन्न किसिमका आकर्षक एयर कुलरहरु बजारमा उपलब्ध गराएको छ ।
बढ्दो गर्मीलाई सहज तरिकाले काट्न सि.जी.ले चार प्रकारमा विभिन्न साईजमा एयर कुलरहरु ल्याएको हो । जसअन्तर्गत डेर्जट कुलर, टावर कुलर, पर्सनलकुलर र विन्डो कुलर रहेका छन् । यी कुलरहरुलाई अझै सहज रुपमा चलाउन यसमा रिमोटको पनि व्यवस्था गरिएको छ ।
४० वर्षभन्दा लामो अनुभव बोकेको नेपालकै पहिलो र एक मात्र आई.एस.ओ. द्धारा मान्यता प्राप्त सि.जी.ले यी कुलरहरु विशेष र अकर्षक विशेषताहरुका साथ बजारमा ल्याएको हो ।
यी कुलरहरुमा रहेको कन्सिलकपर मोटर मोटरलाई पाताले पुरै छोपेर राखिएको हुन्छ, जसकारण पानीको चुहावट भएमापनि केही हानी गर्दैन । यी कुलरहरु बत्ति नभएको बेलामा पनि इन्र्भटरको सहायताले सजिलै चलाउन सकिनेछ । त्यस्तै यसमा आल्मुनियम ब्लेड, हनिकम प्याड, कार्बन फिल्टर, भिटामीन सि फिल्टर, डस्ट फिल्टर नेट आदी जस्ता विशेषताहरु रहेका छन् ।
यसमा पावरफुल मोटरको प्रयोग गरिएको छ, जसले गर्दा कुलरले मज्जाले काम गर्दछ । यि एयर कुलरहरुले हावालाई विभिन्न तरिकाले छरिएर चिसो बनाई आनन्दको महसुस गराउँदछ । त्यस्तै यसमा अरुपनि धेरै भन्दा धेरै विशेषताहरु रहेका कारण सि.जी.का यी कुलरहरुको पहिचाननै बेग्लै रहेको छ ।
सि.जी. ले यी कुलरहरुमा १२ महिनाको वारेण्टी दिएको छ । ४३ वटा भन्दा बढी सि.जी.का आफ्नै सर्भिस सेन्टरहरु भएकाले कुलर बिग्रीएमा पनि टेन्सन नलिन कम्पनीले आग्रह गरेको छ ।




प्रतिक्रिया