काठमाण्डु – नेपालको उत्कृष्ट ब्राण्ड सि.जी.ले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै बिभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ ।
सि.जी.ले सम्पूर्ण उपभोक्ताहरुमा न्यानो सम्बन्ध राखि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरु पानीतातो बनाउन केटल, तातोपन जोगाइराख्न थर्मस, भ्याक्युम फ्ल्याक्स र हटपटलगायत घरायसी सामाग्रीहरु ब्जारमा ल्याएको हो ।
यसैगरी जुनसुकै स्थानमा जति बेला पनि तातो पानी उपलब्ध गराउन वाटर डिस्पेन्सर ल्याएको छ भने तपाईलाई न्यानो बनाई राख्न बिभिन्न किसिमका इलेक्ट्रिक एवं ग्यास हिटरहरु उपलब्ध गराएको छ । यस लगायत सि.जी.ले चिसो पानीले नुहाउने टेन्सनबाट मुक्त हुनका लागि इलेक्ट्रिक र ग्यास गिजरसमेत ल्याएको छ ।
सि.जी.ले ल्याएका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेका छन् । नवीनतम प्रविधीद्वारा उत्पादित सि.जी.का घरायसी सामानहरु आजै घर भित्राई यस जाडोयाममा तातो र न्यानो न्यानो हुन कम्पनीले आग्रह गरेको छ ।




प्रतिक्रिया