सिजीका साना घरायसी सामाग्रीहरुको रिटेलर सम्मेलन सम्पन्न

सिजीका साना घरायसी सामाग्रीहरुको रिटेलर सम्मेलन सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालकै सबैभन्दा ठूलो र नं. १ इलेक्ट्रोनिक्स् ब्राण्ड बन्न सफल सि.जी.ले आफ्ना रिटेलरहरुलाई मध्यनजर गरि हालै नारायणघाटमा एक ठूलो कार्यक्रम गरि रिटेलर सम्मेलन सम्पन्न गरेको छ ।

१५० जनाभन्दा बढिको सहभागिता रहेको उक्त कार्यक्रममा सि.जी.ले आफ्ना सम्पूर्ण साना घरायसी सामाग्रीहरुको प्रदर्शन गरि उक्त सामाग्रीहरुको बारेमा बिस्तृत जानकारी दिएको हाे । कार्यक्रममा आफ्ना उत्कृष्ट रिटेलरलाई विभिन्न अवार्ड वितरण गरि सम्मान समेत गरिएको थियो ।

आफ्ना रिटेलरहरुलाई प्रोत्सान गर्नका निम्ती सि.जी.ले विभिन्न किसिमका आकर्षक योजनाहरु पनि सोही कार्यक्रम मार्फत घोषणा गरेको थियो ।

बजारमा सि.जी.का विभिन्न साना घरायसी सामनहरु जस्तै राईस कुकर, प्रेसर कुकर, मिक्चर ग्रिन्डर, वाटर डिस्पेन्सर, इन्डक्सन चुलो, ग्याँस चुलो, पंखा, हिटर, ओभनका साथै अरु थुप्रै सामानहरु नेपालभरि सहुलियत मूल्यमा उपलब्ध रहेको छ ।

आउने दिनहरुमा आफ्ना ग्राहक, डिलर, रिटेलरहरु माझ यस्तै विभिन्न कार्यक्रमहरु गर्ने बारेमा पनि सि.जी.ले प्रतिबद्धता जाहेर गरेको थियो ।