युरोपमा बनेको सिजीका डिस वासर र वासिङ मेसिनहरु नेपाली बजारमा

युरोपमा बनेको सिजीका डिस वासर र वासिङ मेसिनहरु नेपाली बजारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सिजी ले हालै युरोपमा डिजाईन र उत्पादन गरि वासिङ मेसिन र डिसवासर नेपाली बजारमा ल्याएको छ । युरोपमा उत्पादन भएका यी सामाग्रीहरुमा विभिन्न किसिमका विशेषताका साथै निकै नै आकर्षक स्वरुप पनि रहेको सिजीले जनाएको छ ।

वासिङ मेसिन र डिसवासरको विशेषता

वासिङ मेसिनमा डिजिटल ड्राईभ मोटर रहेको छ, जसले तपाईको घरको विजुलीको बचत गराउछ भने यो एकदमै शान्तरुपमा पनि चल्ने गर्दछ । यसमा पर्ल ड्रमको प्रयोग गरिएको छ । जसले तपाईको लुगालाई हेरचाह गरि सफासंग धुने र लुगाको आयु पनि बढाउँदछ । यसमा एलर्जी सेफ नामक प्रोग्राम पनि राखिएको छ । यो प्रोग्रामले तपाईंको कपडामा रहेको विभिन्न किसिमका एलर्जेन्सहरुलाई हटाई तपाईको कपडा स्वच्छ राख्दछ । यो वासिङ मेसिन बुमर्‍याङ बडि सेपमा रहेको हुनाले कपडा धुदा भाइब्रेसन कम हुने गर्दछ ।

तेस्तै यसमा इकोलोजी सिस्टम पनि रहेको छ । यो सिस्टमले गर्दा तपाईले मेसिन कम लोडमा चलाउदा पनि विजुली तथा पानीकम खाने गर्दछ । यो वासिङ मेसिनमा १५ वटा वास प्रोग्रामहरु राखिएको छ, ग्राहकहरुले आफ्नो इच्छा अनुसार कुनै पनि प्रोग्राम प्रयोग गर्न सक्नेछन् । यो वासिङ मेसिनले कपडा धोई सकेपछि आफै भित्र नै लुगा सुकाई दिने भएकोले यो मनसुन मौसममा एकदम नै उपयोगी हुनेछ । कम्पनीले यसको खरिदमा १० वर्षको मोटर वारेण्टीसमेत प्रदान गरेको छ ।

तेस्तै अर्को युरोपमा डिजाईन र उत्पादन गरिएका डिसवासरहरु बजारमा १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा उपलब्ध गराएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार यसलाई खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसमा डिस्प्ले स्किृन तथा टच स्किृन भएका हुनाले तपाईलाई यी डिसवासरहरु प्रयोग गर्न एकदमै सजिलो हुनेछ । यसमा विभिन्न वासिङ प्रोगामहरु पनि रहेका छन् । जसलाई तपाईले आफ्नो आवश्यकता अनुसार प्रयोग गरि आफ्नो भाँडाहरुलाई सफा गर्न सक्नुहुनेछ ।
यी दुवै मोडलमा धेरै भन्दा धेरै विभिन्न किसिमका विशेषताहरु रहेका छन् । ती विशेषताहरुमा स्टिम वास, अटो डोर टेक्नोलोजि, वि.एल.डि.सि. टेक्नोलोजि, जेट वास, डिउल प्रो वास र हाफ लोड अप्सन रहेका छन् ।

स्टिम वासको सहायताले तपाईले कट–कटिएका भाँडाहरु, जुन हामीलाई हातले धुँदा एकदमै कठिनाई हुन्छ, त्यस्ता भाँडाहरुलाई सजिलै बाफ उत्पन्न गरि हाईजिनिक राखि सफा नतिजा दिन्छ । त्यस्तै अर्को अटो डोर टेक्नोलोजि रहेको छ । यो विशेषताको कारण अब तपाईलाई धुईसकेको भाँडाहरुलाई सुकाई रहने झन्झटबाट मुक्त गर्दछ । यसले भाँडा धुईसकेपछि आटोमेटिक ढोका खुल्दछ र भित्ररहेका बाफहरुलाई बाहिर निकालेर बाहिरको हावा भित्र प्रवेश गराई पर्फेक्ट ड्राईङ पर्फमेन्स दिनेछ ।

वि.एल.डि.सि. टेक्नोलोजि वा हाईड्रो पावर पनि यसको विशेषता रहेको छ, जसको मद्दतले तपाईको घरको पानी, मोटरको इनर्जी र समयको बचत गर्दछ । डिउल प्रो वासको मद्दतले तपाईको भाँडालाई दुई वटा छुटा छुटै पानीको प्रेसरबाट धुने गर्दछ र भाँडालाई पूर्ण रुपमा सफा गर्दछ । त्यस्तै अर्को जेट वास विशेषता रहेको छ । यसले कम फोहर भएका भाँडाहरुलाई केवल १४ मिनेटमा नै सफा गर्दछ । हाफ लोड अप्सन टेक्नोलोजिले, यदि तपाईको भाँडाहरु थोरै छन् भने तपाईले डिसवासरमा रहेको तलको बास्केट वा माथीको बास्केट मात्र प्रयोग गरि भाँडा धुन सक्नुहुनेछ । यसले गर्दा पनि इनर्जी तथा पानी दुबैलाई जोगाउने गर्दछ ।

डिसवासरको खरिदमा ग्राहकले १५ प्लेस सेटिङमा ३ वर्षको मोटरवारेण्टी र १२ प्लेस सेटिङमा १ वर्षको वारेण्टी पाउनेछन् ।