काठमाडौं – नेपाली ब्राण्डमा नं.१ ब्राण्ड र नेपालकै सबै भन्दा ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बन्न सफल सि.जी.ले हालै बजारमा विभिन्न किसिमका आकर्षक एवं नयाँनयाँ मोडलका फ्रिजहरु बजारमा ल्याएको छ ।
जस अन्र्तगत सिङगल डोरमा २५ वटा भन्दा बढी मोडलहरुमा उपलब्ध छन् । यि फ्रिजहरु हेर्दा निकै नै आकर्षक देखिन्छन् । विभिन्न किसिमका फुलबुट्टा र रंगहरुमा उपलब्ध यि फ्रिजहरुमा ५ वर्ष सम्मको वारेण्टी रहेको छ । यसको विशेषताको भन्नु पर्दा यि फ्रिजहरुमा पावरफुल कम्प्रेसर, सुपर कुइकआइस, ग्रिप ह्न्डल आदि जस्ता अरु पनि थुप्रै विशेषता रहेका छन् ।
त्यस्तैे हालै सि.जी.ले डबल डोरको वाटर डिस्पेन्सर सहित नयाँ फ्रिज बजारमा ल्याएको छ । यसमा अब तपाईले फ्रिज भित्रको चिसो पानी फ्रिजको ढोका नखोलिकनै पनि लिन सक्नु हुनेछ । यसमा कुईक फ्रिजिङ, ए ++ इनर्जिङ लेवल, डिजिटल कन्ट्रोल, ४डि फ्रिजिङ जस्ता विशेषताहरु रहेका छन् ।
त्यसै गरि अर्को नयाँ साईड बाई साईड र मल्टिडोर युक्तफ्रिजहरु पनिल्याएको छ । जसमा १० वर्ष सम्मको वारेण्टी पनि रहेको छ । यी फ्रिजहरुमा तपाईहरुले आफ्नो खानालाई धेरै समय सम्मताजाबनाई राख्न सक्नुहुनेछ । यसमा ए ++ इनर्जिङ लेवल, डिजिटल कन्ट्रोल, टच स्कृन, एन्टी ब्याक्टेरिया, डियोडोराईजेसन, किड्स लक, अर्लाम आदी जस्ता धेरै विशेषता रहेका छन् ।
यसको अर्को प्रमुखविशेषताभनेको यसमा तीनवटा मोडहरु रहेका छन्, जसमाहोलिडे फंसन, इको फंसन र सुपर फ्रिज फंसन रहेका छन् । यीमोडहरुको प्रयोग गरि तपाईहरुले आफ्नो खानालाई धेरै समय सम्मताजा राखि स्वास्थ्यलाई स्वस्थ राख्न सक्नुहुनेछ ।




प्रतिक्रिया