काठमाडौं – सीजी फुड्सका सिनियर जीएम अञ्जनीकुमार (ए.के.) द्विवेदीको निधन भएको छ । ५४ वर्षको उमेरमा भारत इन्दौरमा उपचारका क्रममा उनको निधन भएको हो ।
भारतबाट पार्थिव शरिर ल्याएपछि काठमाडौंमा द्विवेदीको अन्तिम संस्कार हुने पारिवारिक श्रोतले जनाएको छ ।
सीजी ग्रुपका प्रमुख तथा सांसद बिनोद चौधरीले सहकर्मी द्विवेदीको निधनको खबरले स्तब्ध भएको बताएका छन् ।
चौधरीले सामाजिक सञ्जालमा शोक प्रकट गर्दै भनेका छन्, ‘वाइवाइको सफलतामा द्विवेदीले पुर्याएकाे योगदान कहिल्यै बिर्सिनेछैन । दिवंगत आत्माको चीरशान्ति एवं वैकुण्ठबासको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’




प्रतिक्रिया