‘सिजि स्मार्ट होम’ स्कीमको पहिलो लक्की ‘ड्र’ बिजेता सार्वजनिक

‘सिजि स्मार्ट होम’ स्कीमको पहिलो लक्की ‘ड्र’ बिजेता सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिजी ब्राण्डले ‘सिजि स्मार्ट होम’ स्कीमको पहिलो विजेता सार्वजनिक गरेको छ । नेपाली बजारलाई लक्षित गर्दै सिजिले यस वर्ष ‘सिजि स्मार्ट होम’ नाम योजना ल्याएको थियो ।

भाद्र २५ बाट सुरु भएको उक्त योजनाको पहिलो विजेता सोमबार सिजि ब्राण्डको अफिसियल फेसबुक पेज र यूट्युब च्यानलमार्फत घोषणा गरिएको थियो । यस स्कीमको पहिलो विजेता झापाको बिर्तामोडकी मिना अधिकारी रहेकी छन् ।

अधिकारीले सिजिको डबल डोर रेफ्रिजेरेटर जितेकी छन् । सिजिले दशैं तिहारको अफरमा ५५ हजार सम्मको नगद क्यासब्याक लक्की ड्रमार्फत सिजिको डबल रेफ्रिजेरेटर र बम्परमा तीन दिनको मेघौली सेराइप्याकेज र अन्य आकर्षक उपहारहरु रहेका छन् ।

सिजि स्मार्ट होम योजनाले अझै पनि भाग्यशाली बिजेता घोषित गर्नेनै छ। यस योजनाको भाग्यशाली बिजेता हुनका लागि सिजि एसएच<नाम<ठेगाना<बिलनम्बर<टाईपगरी३१००१मा एसयमएस पठाउनुपर्नेछ। यो यजना छठ पूजासम्म लागु हुने कम्पनीले जानकारी गरेको छ।