काठमाण्डु –सिजीले वासिङ मेसिनको दुनियामा नयाँ सिरिजको वासिङ मेसिन लन्च गरेको छ । हेर्दा निकैनै आकर्षक देखिने तथा उच्च गुणस्तर भएको यो वासिङ मेसिनमा धेरै विशेषता रहेको सि.जी.ले जनाएको छ ।
यो मेसिङमा स्पा केयर, वि.एल.डि.सि. मोटर, वाटर क्युब ड्रम, स्वाईल लेबल र उलमार्क रहेको छ । स्पा केयरको सहायताले ७० डिग्री सम्म तापक्रममा बाफ उत्पन्न गरि कपडामा रहेको किटाणु एवम् यसमा रहको दुर्गन्धहरुलाई ९९.९९ प्रतिशत सम्म स्टरलाईज गर्दछ । यसमा वि.एल.डि.सि. मोटरको प्रयोग गरिएको हुनाले अरु मोटरको तुलनामा ७० प्रतिशत सम्मको इनर्जी बचत गर्दछ ।
त्यस्तै अर्को विशेषतामा वाटर क्युब ड्रम पर्दछ । यो वासिङ मेसिनमा २१९६ वटा प्वालहरु रहेका छन् र प्रत्येक प्वाल २.४ मिलिमिटर व्यासको साईजमा छन् । यो ड्रमको सहायताले कपडालाई मज्जाले मसाजगरि यसमा रहेको जिद्दी भन्दा जिद्दी दागहरुलाई सजिलै हटाउने गर्दछ ।
यो वासिङ मिसिनमा स्वाईल वास प्रोग्राम रहेको छ । जसको कारण कपडामा रहेको मैलाहरुलाई मापनगरि गहिराईमा गई धुलाई गर्नेछ । यसमा तपाईहरुले तीन वटा छुट्टा छुट्टै लेबल रहेको कम्पनीले जनाएको छ । यसमा ग्राहकहरुले आवश्यकताअनुरुप यसलाई छानिछानि प्रयोग गर्न सक्ने भएका छन् ।
जाडो महिनालाई मध्यनजर गरि यस वासिङ मेसिनमा उलप्रोग्राम पनि राखिएको छ । जसले गर्दा ग्राकहरुले जाडोमा प्रयोग हुने कपडाहरुलाई सजिलै धुन सक्नेछन् । यो वासिङ मेसिन ८ र ९ केजीमा उपलब्ध छ । यो वासिङ मेसिनमा कम्पनीले मोटरमा १० वर्षसम्मको वारेन्टी उपलब्ध गराएको छ ।




प्रतिक्रिया