काठमाण्ड- पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
यही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पनि मुद्दा दायर भएको थियो । उनी यसअघि नै धरौटीमा रिहा भइसकेका छन् ।
जोशीलाई सूर्यदर्शन सहकारी प्रकरणमा ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको थियो । धरौटी बुझाएर उनी लामिछानेसँगै छुटेका थिए ।
पूर्वगृहमन्त्री लामिछाने, पूर्वडीआईजी जोशी लगायतविरुद्ध जिल्ला अदालत, रुपन्देहीमा पनि मुद्दा दर्ता भएको छ । उनीहरुमाथि जिल्ला प्रहरी कार्यालय, चितवन र पर्साले पनि अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया