पूर्वडीआइजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अनुमति

पूर्वडीआइजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अदालतले गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्वडीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सहकारीको रकम अपचलन प्रकरणमा आइतबार पक्राउ परेका पूर्वडीआइजी जोशीलाई जिल्ला अदालत कास्कीले ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले हिरासतमा राख्न आदेश दिएको हो।

जोशीलाई काठमाडौंबाट पक्राउ गरि आइतबारनै पोखरा लागिएको थियो भने आज जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।