एजेन्सी – राममन्दिर ट्रस्टका अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ । रामको जन्मभुमि तीर्थस्थल ट्रस्टका अध्यक्ष ८२ वर्षिय महन्थ नृत्यगोपाल दासलाई कोरोना संक्रमण भएको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पुष्टि गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ अगष्टमा अयोध्यामा राम मन्दिरको भुमि पुजन गर्दा दाससँगै थिए । नृत्यगोपाल दासलाई चिसो, रुघासहित हल्का ज्वरो आएपछि उनको स्वाब संकलन गरी परीक्षण गर्ने क्रममा उनीमा कोरोना देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । डाक्टरहरुको एक समुहले उनको उपचार गरिरहेको जनाइएको छ ।
श्रीकृष्ण जन्मोत्सवमा सहभागी हुन मथुरा गएका नृत्यगोपाल दास जन्मोत्सव पछि स्टेट बैंकस्थित राम मन्दिरमा रोकिएका थिए । उनलाई संक्रमण भएपछि सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन र कोरोना परीक्षण गर्न भनिएको छ ।




प्रतिक्रिया