काठमाण्डुमा चक्कु प्रहारबाट महिलाको मृत्यु


काठमाण्डु- काठमाण्डुको कपनस्थित सरस्वतीनगरमा चक्कु प्रहारमा परेकी महिलाको मृत्यु भएको छ। बिहीबार दिउँसो पसलमा बसिरहेकी निरु पाण्डे भट्टराईमाथि चक्कु प्रहार भएको थियो।

चक्कु प्रहारमा घाइते भएकी ती महिलाको उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्पताल पुर्‍याएपछि केहीबेरमा डाक्टरले मृत्यु भएको घोषणा गरेको हो। प्रहार गर्ने व्यक्ति फरार छन्।

घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान अघि बढाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
Advertisement