काठमाडौंको चक्रपथमा तीन हजार बिरुवा रोपिने

काठमाडौंको चक्रपथमा तीन हजार बिरुवा रोपिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वन तथा वातावरण मन्त्रालयले राजधानीमा बृहत् वृक्षरोपणको तयारी थालेको छ ।

बनाउन मन्त्रालयको समन्वयमा वन तथा भू–संरक्षण विभागले कोटेश्वर, बालकुमारी–कलङ्की चक्रपथ क्षेत्रलाई हरियाली बनाउन चक्रपथका दुवै किनारामा गरी करीब तीन हजार ३०० राजवृक्ष, तेजपात, गिनको बाइलोलगायत बिरुवा रोप्न आवश्यक तयारी थालेको हो ।

असार १४ गते ‘राष्ट्रिय वृक्षरोपण दिवस’का अवसरमा उक्त क्षेत्रमा उपलब्ध भएसम्म पाँच फिट अग्ला बिरुवा रोपिने विभागका उप–महानिर्देशक राजेन्द्र केसीले जानकारी दिए । स्थानीय तह र सडक विभागसँग समन्वय गरी उपलब्ध भएसम्म सरकारी वनका नर्सरी र निजी नर्सरीबाट खरीद गरेर वृक्षरोपण गर्ने तयारी थालेको उनले बताए ।

चक्रपथ क्षेत्रको माटोमा ढुङ्गागिट्टीको मात्रा बढी भएकाले वृक्षरोपण गर्दा ५० सेन्टिमिटर चौडा तथा ५० सेन्टिमिटर गहिरो खाल्डो खनी सो खाल्डोमा प्राङ्गारिक मल र माटोले पुरेर मात्र वृक्षरोपण गरिने छ ।