काठमाण्डु– गुण्डा नाइके चक्रे मिलन भक्तपुरमा पनि धरौटीमा छुटेका छन् । एक कुटपिटको घटनाको ज्यान मार्ने उद्योगमा चलाइएको मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।
आज शुक्रबार भने न्यायाधीश न्यौपानेको इजलासले चक्रेको मुद्दामा बयान र थुनछेक सकेर आदेश जारी गरेको हो ।
चक्रे मिलनलाई भक्तपुर प्रहरीकहाँ लैजाने तयारी गरिएको छ ।
जन्मदिन मनाउँदै गर्दा पक्राउ परेका उनी काठमाण्डुमा चलाइएको अभद्र मुद्दामा २ दिनअघि काठमाण्डु अदालतको आदेशबाट ३० हजार धरौटी बुझाएर छुटेका थिए ।
एक वर्षअघिको एक ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेविरुद्ध जाहेरी परेको थियो । १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आफ्नो भतिज मनिष रायमाझीलाई आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए ।




प्रतिक्रिया