चक्रे मिलनलाई ३० हजार धरौटीमा छोड्न अदालतको आदेश

चक्रे मिलनलाई ३० हजार धरौटीमा छोड्न अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला अदालत काठमाण्डुले अभद्र व्यवहार मुद्दामा मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । चक्रेसँगै राजेश खड्कालाई पनि ३० हजार रुपैयाँ धरौटी तोकिएको छ ।

अदालतले अन्य १७ जनाको हकमा १० हजारदेखि २० हजार रुपैयाँसम्म धरौटी मागेको छ ।