काठमाण्डु – नेपाल चेम्बर अफ कमर्स र श्रीलंकाको नेसनल चेम्बर अफ एक्स्पोर्टर्सबीच व्यँवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत २ देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने तयारी भएको छ ।
आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न र व्यँवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत २ देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने गरी नेपाल चेम्बर अफ कमर्स र श्रीलंकाको निर्यात चेम्बरबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताले दुवै मुलुकका व्यवसायीलाई परस्पर भेटघाट, व्यापार मेला तथा व्यँवसायिक फोरममा सहभागिताका लागि सहज वातावरण बनाउन सहयोग गर्नेछ । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिीधले श्रीलंकाको आर्थिक पुनर्उत्थानको विषयमा पनि अध्ययन गर्ने चेम्बरले उल्लेख गरेको छ ।
२ संस्थाबीच व्यापार, लगानी, उद्योग र सेवा क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले सहकार्यको सम्झौता एमओयू भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
श्रीलंकाका लागि नेपाली राजदूत डा. पुर्ण नेपाली, चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल एवं श्रीलंकाको नेसनल चेम्बर अफ एक्स्पोर्टर्सका अध्यक्ष इन्द्रा कौशल राजापाक्षेको उपस्थितिमा भएको सम्झौतामा चेम्बरका तर्फबाट उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय समितिका सभापति अर्जुन प्रसाद शर्मा र श्रीलंकाको नेसनल चेम्बर अफ एक्स्पोर्टर्सका तर्फबाट महासचिव शिहम मरिकरले हस्ताक्षर गरेका छन् ।
दुवै पक्षले आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न र व्यावसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत २ देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने तयारी भएको छ ।
सम्झौताअनुसार दुवै संस्थाले स्थानीय तथा राष्ट्रिय आर्थिक प्रवृत्ति, बजार सम्बन्धी तथ्यांक, वैदेशिक व्यापार नीति र लगानी प्रोत्साहन सम्बन्धी जानकारी नियमित रूपमा आदानप्रदान गर्ने सम्झौतामा उल्लेख छ ।




प्रतिक्रिया