काठमाण्डु – उद्योगको दर्ता प्रक्रियादेखि सञ्चालनमा ल्याउ“दासम्म एकद्वार प्रणाली कार्यान्वयन गर्न नेपाल चेम्बर अफ कमर्सले उद्योग, वाणिज्य तथा आपूूर्तिमन्त्री अनिलकुुमार सिन्हाको ध्यानाकर्षण गराएको छ ।
मुुलुकमा औद्योगिक तथा व्यावसायिक वातावरण निर्माणका लागि नीतिमा सहजीकरण हुुनुुपर्ने चेम्बरको धारणा छ ।
काठमाण्डुको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मन्त्री सिन्हासमक्ष चेम्बरले स्थानीय तह, प्रदेश र संघबिचको अधिकार क्षेत्र स्पष्ट गरी दोहोरो कर र अनुुमतिपत्र हटाउने व्यवस्थाका लागि पहल गर्न समेत आग्रह गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुुमार अग्रवालले भने, ‘औद्योगिक र व्यावसायिक वातावरण निर्माणसँगै उद्यमी व्यवसायीहरूको मनोबल उकास्नका लागि सुरक्षाको प्रत्याभूति आवश्यक रहेकोमा जोड दिए । यसका लागि अविलम्ब बीमाको विस्तृत दायरा समेटेर आन्तरिक लगानी प्रवर्द्धन एवं सुरक्षा नीति ल्याउनुुपर्ने बताए ।
रेमिट्यान्सलाई उत्पादनमुखी अर्थतन्त्रमा ल्याउन सरकारी नीति स्पष्ट हुुनुुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।
नेपालको औद्योगिक क्षमता उपयोग खस्किएकोप्रति अध्यक्ष अग्रवालले मन्त्री सिन्हाको ध्यानाकर्षण गराए । उनले भने, ‘नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदन अनुसार ०८१/०८२ मा नेपालको औसत औद्योगिक क्षमता उपयोग ४४.५% मा सीमित भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा औसत क्षमता उपभोग ४८.३% रहेको थियो ।’
उद्योग, व्यापार र लगानी सम्बन्धी नीतिहरूमा बारबार परिवर्तन नहुुने स्पष्ट प्रतिबद्धता सरकारबाट आउनुुपर्नेमा उनको भनाइ छ । आर्थिक कूटनीतिको माध्यमबाट विश्व बजारहरूको खोजी गरिनुुपर्ने र निर्यातकर्तालाई निर्यात अनुुदानको सुुनिश्चितता गर्नुुपर्ने अध्यक्ष अग्रवालले बताए ।
चेम्बर पदाधिकारीहरूसँगको भेटवार्तामा उद्योग, वाणिज्य तथा आपूूर्तिमन्त्री सिन्हाले मुुलुुकभित्र औद्योगिक र व्यावसायिक वातावरण निर्माणका लागि सहजीकरणको प्रयास भइरहेको बताए । निजी क्षेत्र र आमसेवाग्राहीलाई प्रशासनिक र नीतिगत झण्झट कम गर्नका लागि सरकारले प्रयास गरिरहेको मन्त्री सिन्हाको भनाइ छ ।
निर्यात अनुुदानमा लागेको बन्देज खुुलाउनका लागि प्रयास भइरहेको मन्त्री सिन्हाले बताए । बजार अनुुगमनमा नाममा व्यवसायीलाई दुु:ख दिन नहुुनेमा सरकार सजग रहेको र स्वदेशी लगानी सुुरक्षाका लागि सरकारले गम्भीरताका साथ काम गरिरहेको बताए । मन्त्री सिन्हाले आद्यौगिक वातावरण सहज बनाउन सरकार प्रतिबद्ध रहेको समेत बताए ।




प्रतिक्रिया