२५ वर्ष शासन गरेका चाम्लिङको सत्ता पल्टाएउने गोले काे हुन् ?


एजेन्सी – भारतीय इतिहासमै सबैभन्दा लामो समय शासन गरेका सिक्किमका मूख्यमन्त्री पवन चाम्लिङको सत्ता पल्टिएको छ । कुनै बेला उनकै मन्त्रिपरिषदमा रहेका सिक्किम क्रान्तिकारी मोर्चाका प्रेमसिंह तामाङ गोलेले चाम्लिङको सत्ता उल्टाएका हुन् ।

सिक्किम विधान सभाको ३२ सिटमा गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले १७ सिट पाएको छ । योसँगै ६ वर्षअघि सन् २०१३ मा गठित गोलेको पार्टीले एकलौटी सरकार बनाउने हैसियत बनाएको छ ।

जबकी २५ वर्ष शासन गरेर इतिहास बनाएका चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट भने १५ सिटमा खुम्चिएको छ । यो परिणामसँगै सिक्किमबाट चाम्लिङको २५ वर्षे शासन अन्त्य भएको हो ।

त्यही देशभर जितको सुनामी चलाएको भारतीय जनता पार्टीले एक सिट पनि ल्याउन सकेन । उसोत कांग्रेसले पनि एउटै क्षेत्र पनि जित्न सकेन ।

चाम्लिङ सन् १९९४ देखि सिक्किमका मूख्यमन्त्री रहँदै आएका छन् । यसअघि चाम्लिङले पनि नरबहादुर भण्डारीको पार्टीबाट विद्रोह गरी सन् १९९३ मा सिक्किम डेमोक्रेटिक फ्रन्ट खोल्दै अर्को वर्ष सन् १९९४ मा भएको चुनावमा भण्डारीकै पार्टीलाई हराएर मूख्यमन्त्रीको कुर्सी प्राप्त गरेका थिए ।

सन् १९८९ देखि ९२ सम्म चाम्लिङ मूख्यमन्त्री भण्डारीको मन्त्रीमण्डलमा मन्त्री थिए । २५ वर्षपछि सिक्किममा ठीक उस्तै चुनावी परिणाम आएको छ र चाम्लिङको सत्ता उनकै चेलाले खोसिदिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement