च्याम्पियन्स लिग फुटबल : बराबरीमा रोकियो बार्सिलोना


काठमाडौं – युरोपेली च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोना स्लाभिया प्रागसँग बराबरीमा रोकिएको छ । मंगलबार राति भएको समूह एफ अन्तर्गत भएको खेलमा बार्सिलोना घरेलु मैदानमै प्रागसँग गोलरहित बराबरीमा रोकिएको हो ।

बराबरीको बाबजुत बार्सिलोना सर्मूहको शीर्ष स्थानमा यथावत छ । चार खेल खेल्दा क्याटलन क्लबले दुई जित र दुई बराबरीबाट आठ अंक बनाएको छ । यो समूहमा जर्मन क्लब बोरुसिया डर्टमन्डले इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोलअन्तरले पराजित गरेको छ ।

पहिलो हाफमा नै दुई गोल अन्तरले पछि रहेको डर्टमन्डले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । खेलको पाँचौं र ४० औं मिनेटमा गोल गर्दै इन्टर मिलानले २–० गोलको अग्रता बनाएको थियो । तर यो अग्रता दोस्रो हाफमा कायमै राख्न भने सकेन ।खेलको ५१ औं, ६४ औं र ७७ औं मिनेटमा गोल गर्दै डर्टमन्डले इन्टर मिलानलाई ३–२ गोलको जित हात पारेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement