प्रहरीमा आईजिपी अर्याल र एआईजी चन्दबीचको बिवाद सतहमा, निमित्तको जिम्मेवारी एआईजी जोशीले पाए


काठमाण्डौ–नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले वरियताक्रम मिचेर निमित्त आईजीपीको जिम्मा एआईजी माधव जोशीलाई दिएको खुलासा भएको छ । इन्टरपोलको ८६ औ सम्मेलनमा भाग लिन अर्याल शनिवार चीन गएपछि उनले निमित्तको जिम्मा भने जोशीलाई दिएका हुन । एआईजी जोशी हाल प्रहरी मुख्यालयमा प्रशासन विभागको प्रमुख छन् ।

 

 

 

अर्यालसंगै भ्रमण दलमा वरियतामा एक नम्बरमा रहेका एआईजी बमबहादुर भण्डारी समेत छन् ।  

 

 

 

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानिपोखरीका प्रमुख समेत रहेका एआईजी जयबहादुर चन्दले नियमअनुसार निमित्त आईजिपीको जिम्मेवारी पाउनुपर्ने भएपनि उनको ठाउमा आईजिपी अर्यालले एआईजी जोशीलाई निमित्तको जिम्मा दिएका हुन ।

 

 

सरकारले अर्याललाई हटाएर एआईजी चन्दलाई प्रहरी महानिरीक्षक बनाउने तयारी गरीरहेको भन्ने चर्चा चलिरहदा निमित्तको जिम्मा चन्दलाई नदिनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । यससंगै जोशीभन्दा वरियतामा अघि रहेका चन्दले आईजिपी अर्याल नफर्केसम्म उनलाई नै रिपोर्टिङ गर्नुपर्ने अवस्था सिर्जना भएको छ । अर्यालको उक्त निर्णयप्रती चन्दले गृहमन्त्री जनार्दन शर्मालाई भेटेर असन्तुष्टी जनाइसकेका छन् ।

 

निमित्त आईजिपीको जिम्मा पाएका एआईजी माधव जोशी ।

 

यसअघि तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय अदालतले खारेज गरेपछि एआईजी चन्द डिआईजी नवराज सिलवाललाई आईजिपी बनाउन नहुने भन्दै लविङमा लागेका थिए ।

 

 

 

उनले अर्याललाई नै प्रहरी प्रमुख बनाउन तत्कालिन कांग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिएका थिए । चन्दकै इच्छाअनुसार प्रहरी प्रमुख भएका अर्यालसंग कांग्रेस नेता रमेश लेखकको मध्यस्थकर्तामा आलैपालो आईजिपी चलाउने सहमती भएको चर्चा समेत छ ।

 

 

लागुऔषध ब्युरो प्रमुख हुदा चन्द स्युडो प्रकरणमा मुछिएको भन्दै अर्यालले उनकै बारेमा अनुसन्धान गर्न समिती बनाएदेखि नै चन्द र अर्यालबीच सम्बन्ध सुमधुर छैन् । चन्दले सहमतीअनुसार राजिनामा दिन अर्याललाई दबाव दिएपनि उनले भने राजिनामा नदिने अडान् लिदै आएका छन् ।

 

प्रधानमन्त्री देउवाले अर्याललाई राजिनामा दिएर बाटो खोल्न आग्रह गरेपनि अर्यालले आफुले कुनै पनि हालतमा राजिनामा नदिने अडान लिएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement