चन्द्रागिरि नगरपालिकामा सामाजिक सेवा निस्शुल्क हुने

चन्द्रागिरि नगरपालिकामा सामाजिक सेवा निस्शुल्क हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – देशभरि स्थानीय तहले अन्धाधुन्द कर लगाएको चर्चा भइरहेको बेला काठमाडौंको चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित सिफारिशलार्इ निःशुल्क बनाएको छ।
नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश, स्वास्थ्य, पेन्सन, रातो कार्ड प्राप्त भूकम्पपीडितको नक्सा पास दस्तुर छुटसम्बन्धी सिफारिशलगायतका सबै कार्य निःशुल्क गरेको हो।

नगरपालिका अन्तर्गतका सबै १५ वडा कार्यालयले ती सामाजिक सेवाका कर (सिफारिश शुल्क)लाई यस वर्ष पनि निःशुल्क बनाइ अन्य स्थानीय सरकारको लागि अनुकरणीय र उदाहरणीय कार्य गरेको छ। यसले नगरवासीलाई थप सहुलियत प्रदान गरेको छ।

सामाजिक सेवासँगसम्बन्धी प्रमुख सेवाका सिफारिशमा शुल्क लिने नीति नगरपालिकाको छैन। नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता लगायतका सिफारिशमा अघिल्लो वर्ष पनि शुल्क लगाइएको थिएन। यस वर्ष पनि छैनु, नगरप्रमुख घनश्याम गिरीले भने।