निजी क्षेत्रले दिने सुझाव सरकारबाट सुनुवाइ भइरहेको छ : अध्यक्ष ढकाल

निजी क्षेत्रले दिने सुझाव सरकारबाट सुनुवाइ भइरहेको छ : अध्यक्ष ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउन सके मात्र प्रतिस्पर्धामा जाने वातावरण बन्ने बताएका छन् ।

मंगलबार काठमाण्डुमा आयोजित नेपालमा औपचारिकीकरणको प्रगति र महत्व सम्बन्धी कार्यक्रममा बोल्दै उनले अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउनुपर्ने बताए ।

उनले भने, ‘खासगरी व्यवसायलाई दर्ता प्रक्रिया अझै पनि जटिल महंगो तथा कर प्रणालीप्रति चेनताको कम भएको देखिन्छ । अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउन सके सबैकुरा सिस्टममा आउन सक्छ । सबै सिस्टममा आए भने प्रतिस्पर्धामा जाने वातावरण हुन्छ ।’

उनले व्यवसायको औपचारीकरण अब विकल्प नभएर आवश्यकता रहेको धारणा राखे । उनले निजी क्षेत्रले दिने सुझाव सरकारको तर्फबाट सुनुवाइ भइरहेको बताए ।

‘हामीले दिने सुझाव, नीति निमार्णमा दिने सुझाव, राय सरकारको तर्फबाट सुनुवाइ भएको छ र त्यसको आधारमा नीति निर्माणको प्रक्रियामा गइरहेको छ, जुन निजी क्षेत्रका लागि खुसीको खबर हो,’ उनले भने ।