प्रहरी आईजीपीमा खापुङलाई नियुक्त गरेकोमा कृतज्ञता व्यक्त, किरिया पुत्री भवन बनाउने निर्णय

प्रहरी आईजीपीमा खापुङलाई नियुक्त गरेकोमा कृतज्ञता व्यक्त, किरिया पुत्री भवन बनाउने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीले ३२औं प्रहरी महानिरीक्षक (आईजीपी) मा चन्द्र कुबेर खापुङलाई नियुक्त गरिएकोमा नेपाल सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

बिहीबार बसेको प्रहरी नीति निर्माण समितिको बैठकले सरकारले गरेको निर्णयप्रति आभार प्रकट गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल प्रहरीका बहालवाला तथा अवकाशप्राप्त प्रहरी कर्मचारीहरूको निधनपछि गरिने आशौच बार्ने (किरिया पुत्री) संस्कारका लागि काठमाण्डु महानगरपालिका–३ महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गामा ‘किरिया पुत्री भवन’ निर्माण गर्ने निर्णय पनि गरेको छ । उक्त सुविधा क्रमश: प्रदेश स्तरमा समेत विस्तार गरिने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले विज्ञप्ति जारी गरी जनाएका छन् ।