अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ ।

मुलुकको अर्थतन्त्रको विकासमा पुर्‍याएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च पदमा पुग्न सफल भएकोमा अध्यक्ष ढकाललाई सम्मान गरिएको छ ।

मञ्चका निवर्तमान अध्यक्ष समेत रहेका ढकालले मञ्चको संस्थागत विकासका क्षेत्रमा निर्वाह गरेको विशिष्ठ भूमिकाको कदरस्वरूप उनलाई सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ ।

मञ्चको वार्षिक साधारणसभाका अवसरमा शनिबार राजधानीमा आयोजित एक समारोहमा पूर्व प्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले उनलाई सम्मान प्रदान गरेका छन् ।

कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल लगायतका विशिष्ठ व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो ।

नेपाल हाल संघीय शासन प्रणालीमा रुपान्तरित भएको भए पनि साविकको पश्चिमाञ्चल विकास क्षेत्रको विकास र प्रवर्द्धन हेतु स्थापित मञ्चले मुलुकको पश्चिमाञ्चल क्षेत्रमा जन्म भई राष्ट्रिय जीवनका उच्च पदमा पुग्न सफल व्यक्तित्वहरूलाई सम्मान गर्ने गरेको छ ।