संसद् छलेर अध्यादेश ल्याउनु संसदीय व्यवस्थाविरोधी क्रियाकलाप : चन्द्र भण्डारी

संसद् छलेर अध्यादेश ल्याउनु संसदीय व्यवस्थाविरोधी क्रियाकलाप : चन्द्र भण्डारी


काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रप्रसाद भण्डारीले संसद् छलेर अध्यादेश ल्याउनु संसदीय व्यवस्थाविरोधी क्रियाकलाप भएको बताएका छन् ।

पितृशोकमा परेका कांग्रेस नेता गुरुराज घिमिरेको घर पुगेर फर्किने क्रममा आईतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता भण्डारीले संसद् रहेको अवस्थामा संसद्लाई नै छलेर अध्यादेश ल्याउनु संसदीय व्यवस्थाविरोधी काम भएको बताए ।

बहुदलीय व्यवस्था, विधिको शासन र संसदीय व्यवस्था लामो समय लडेर ल्याएको हुँदा संसद्लाई नै छल गरी अध्यादेश ल्याउनु सांसदहरूकै अपमान भएको उनले बताए ।

काम गर्नका लागि कानूनको आवश्यक हुँदा द्रूतमार्गबाट संसद् अधिवेशन राखेर अघि बढ्दा सबैलाई सहज हुने उनले उल्लेख गरे । उनले भने, ‘संसद्मा कुनै एकको मात्र नभएर सबैको कुरा सुन्न सक्नुपर्छ । यहाँ बहुमत र अल्पमतका आधारमा मात्रै निर्णय हुनुपर्छ ।’