काठमाण्डू– कांग्रेस सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पोशाकलाई लिएर आपत्ति जनाएका छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई नेपालमा अहिलेसम्म नभएको ‘ड्रेसअप’ मा देखिएकोमा आपत्ति जनाए ।
‘प्रधानमन्त्रीज्यूको अहिलेसम्मको इतिहास हेर्दा नेपालमा अहिलेसम्म नभएको ‘ड्रेसअप’ म देख्दैछु । यसमा पनि चर्चा सुरू भएको छ । यसमा पनि नयाँ परम्पराको थालनी सुरू भएको हो कि ? नेपालको इतिहासमा नयाँ आयाम थप्न खोजिएको हो कि ?’ ।
उनले प्रधानमन्त्री शाह संसदप्रति उत्तरदायी नभएको आरोप पनि उनले लगाए ।
संसदले बनाएको प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने केसीले बताए । सरकारले हरेक विषयमा संसदीय परम्परा मिच्दै नयाँ नजिर स्थापित गर्न उद्धत रहेको आरोप लगाए ।
संसद बोलाएर स्थगित गर्दै अध्यादेशमार्फत् शासन चलाउन खोज्नु अन्तर्राष्ट्रिय संसदीय अभ्यास विपरीत भएको बताए ।




प्रतिक्रिया