नयाँ टेक्नोलोजी जानेको डाक्टर हुँदाहुँदै पुरानै डाक्टरलाई विश्वास गरेः चन्द्र भण्डारी

नयाँ टेक्नोलोजी जानेको डाक्टर हुँदाहुँदै पुरानै डाक्टरलाई विश्वास गरेः चन्द्र भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सत्ता दुरुपयोग भएको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइरालाको प्यानलबाट उपाध्यक्षका उम्मेदवार रहेका डा भण्डारीले ’मनी र मसल’को प्रयोग नभएको भए आफ्नो प्यानलले जितिसकेको हुने बताएका छन् ।

‘अब हामी मनी र मसलको आधारमा निर्वाचन जितिँदैन भन्ने कुरा १५ महाधिवेशनबाट छिनोफानो गर्नेछौं,’ उनले भने ।

नेता भण्डारीले आफूहरुको अभियान पार्टी सुधार्ने रहेको बताउँदै प्रतिनिधिहरुले नयाँ टेक्नोलोजी जानेको डाक्टर हुँदाहुँदै हात कापेको पुरानै डाक्टरलाई विश्वास गरेको बताए ।

उनले थपे, ‘हाम्रो अभियान थियो पार्टी सुधार्छौं । पार्टी सुध्रिए देशको राजनीति सुध्रिन्छ । राजनीति सुध्रिए देशको नेतृत्व राम्रो आउँछ । तर हाम्रा प्रतिनिधिहरुले नयाँ टेक्नोलोजी जानेको डाक्टर हुँदाहुँदै हात कापेको पुरानै डाक्टरलाई विश्वास गर्नुभयो ।’

सत्ता र शक्तिकै निम्ति प्रकाशमान सिंह, विमलेन्द्र निधिले पनि दोश्रो चरणको निर्वाचनमा देउवालाई साथ दिएको भण्डारीले बताए ।

‘सत्ता र शक्तिका निम्ति कति ठूलो परिवर्तनको इतिहास बोकेका शक्तिहरु ढल्दा रहेछन्, तपाईहरुले हात हल्लाएको देख्नुभयो’, उनले भने, ‘अब यो समूहले १५ औं अधिवेशनबाट नेतृत्व गर्नेछ । अहिले पराजित भएपनि हामीले विचार र निष्‍ठाको लडाइ जितेका छौं ।’