सांसद भण्डारी र उनकी आमालाई थप उपचारका लागि विदेशमा लैजान अस्पतालको सिफारिस


काठमाण्डु – ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी र उनकी आमालाई थप उपचारका लागि विदेश लैजान कीर्तिपुर अस्पतालले सिफारिस गरेको छ ।

हालको श्रोत र साधनको अवस्थामा उनीहरूको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा स्थानान्तरण गर्न अस्पतालले सिफारिस गरेको हो । उनीहरूलाई थप उपचारका लागि भारत लैजाने तयारी छ ।

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए । उनीहरू दुवैको अहिले कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ ।

भण्डारीको कम्मरदेखि तलको भाग जलेको छ । उनको करिब २५ प्रतिशत भाग जलेको छ । भण्डारीकी आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement