अध्यक्ष ढकालको टोलीद्वारा व्यवसायी उपेन्द्र महतोको क्षतिग्रस्त घरको अवलोकन

अध्यक्ष ढकालको टोलीद्वारा व्यवसायी उपेन्द्र महतोको क्षतिग्रस्त घरको अवलोकन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी डा. उपेन्द्र महतोको क्षतिग्रस्त घर अवलोकन गरेका छन् ।

भदौ २३ र २४ भएको जेनजी आन्दोलनको क्रममा उनको घर पनि जलाइएको थियो । आगलागीमा के कति क्षति भयो भनेर बुधवार ढकाल सहितको टोलीले अवलोकन गरेको हो ।

महतोले यस्ता घटनाहरूले देश पछाडि धकेलिने भन्दै अब देश बन्दैन भन्ने कुरामा कुनै शंका नरहेको बताए ।

उनले भने, ‘अब त यसमा मलाई कुनै शंका छैन कि हाम्रो देश बन्दैन । यस्तो घटनाहरूले अलि पछाडि धकेल्छ । तपाईं–हाम्रो पीडा हेरेर कति जना भागिसके होला ।’